नेपालगञ्जमा तीन हजार बढिको परीक्षण

नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकामा हालसम्म तीन हजार बढिको पिसिआर परीक्षण भएको छ ।

स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार हालसम्म तीन हजार २१५ जनाको पिसिआर परीक्षण भएको हो । यसैगरी एकहजार ८९० जनाको आरडिटी परीक्षण भएको छ । परीक्षणबाट ३६० जनामा संक्रमण देखिएकोमा २५१ जना उपचारपछि निको भई घर फिर्ता हुनुभएको छ । ३ जना जनप्रतिनिधी र २२ जना कर्मचारीमा संक्रमण भएको छ ।

महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाईनमा हालसम्म दुई हजार १९३ जना बसेका छन् । हाल ४७ जना रहेका छन् । नगरभित्रका आइसोलेसन केन्द्रको ब्यवस्थापनमा उपमहानगरपालिका लागिपरेको चन्दले बताउनुभयो । औषधी खरिद गरि नगरभित्रका सम्पूर्ण स्वास्थ्य शाखामा पठाइएको छ ।

प्रतिक्रिया