कोरोना नियन्त्रण गर्न छुट्टै कदम : बाँकेमा हरेक शुक्रवार र शनिबार निषेधाज्ञा

नेपालगन्ज : कोरोना संक्रमणको दर उकालो लाग्दै गर्दा बाँकेमा विशेषखालको सुरक्षा सतर्कता अपनाईने भएको छ ।

कोरोना संक्रमणको जोखिम रहँदासम्म बाँकेमा हरेक हप्ता शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरीने भएको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले अबदेखी हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा लगाउने निर्णय गरेको हो । बाँकी पाँच दिन भने खुल्ला गरीने छ ।

कोरोना भाइरसको संक्रमण फैलने क्रम लगातार बढिरहेकाले सवैपक्षिय छलफलपछि यस्तो निर्णय गरिएको प्रशासन कार्यालय बाँके स्रोतले जनाएको छ ।

बाँकेमा हरेक दिन संक्रमितहरुको संख्यामा वृद्धि हुँदै गएको छ भने मृत्यु हुनेको संख्या समेत बृद्दी भएको छ ।


प्रतिक्रिया