नरैनापुरमा मोहर्रम पर्वमा आइतबार सार्वजनिक बिदा

नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिकाले मोहर्रम पर्वमा आइतबार सार्वजनिक बिदा दिएको छ ।

इस्लाम धर्मावलम्बीहरुको पर्व मोहर्रममा आइतबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताउनुभयो । कोभिड-१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दुरी कायम गरेर भिडभाड नगरी पर्व मनाउन उपाध्यक्ष श्रीवास्तबले आग्रह गर्नुभएको छ ।

उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ-आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन गाउँपालिकाबासीलाई अनुरोध गरिएको छ ।  

प्रतिक्रिया