नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का बहुदलकुमार मौर्यले वडा कार्यालयले सडक र नाला विस्तारका नाममा नियम विपरीत काम गरेको आरोप लगाएका छन् ।
नाला निर्माण गर्दा आफ्नो घरको अघिल्लो भागमा मात्र धेरै क्षती पुग्ने गरी भत्काएको उनको भनाई छ । न्यूरोडबाट घरवारीटोल निस्कने उक्त सडक सात मिटर फराकिलो गर्ने सहमति भएपनि वडा कार्यालयले अहिले आफ्नो घर अगाडि मात्रै साढे ८ मिटर सडक फराकिलो बनाइरहेको प्रति मौर्यले विरोध जनाएका हुन ।
मौर्यका अनुसार कुनै सहमति नगरेर वडाध्यक्षले दादागिरी रुपमा काम गरेको बताएका छन । जवरजस्ती स्थानियहरुसगं सहमति नगरेरै घरलाई असर पुग्नेगरी पिढि भत्काएको प्रति घोर विरोध जनाएका छन । वडा अध्यक्ष सुनिलसिंह हमालले आफै हस्ताक्षर गरेर गरेको निर्णय आफैले उल्टाएर स्थानीयलाई दुख दिएको पनि मौर्यको आरोप छ ।
उनका अनुसार नाला बाटो बनाउनु भन्दा अगाडी सम्बन्धित वडाका जनप्रतिनिधि उपमहानगरका प्रतिनिधि, वडाबासी लगायतको सहभागितामा एउटा सहमति कायम गरिएको थियो जस अन्तर्गत ७ मिटर भित्र नाला, बाटो बनाउने उल्लेख गरिएको भएतापनि वडाअध्यक्षले आफ्नो मनपरी तवरले शनिबारको दिनमा डोजर लगाई मेरो घर अगाडीको पूरै चौतारा (पिढि)तोडी साढे ८ मिटर बाटो बनाउन लागेको प्रति दुख व्यक्त गरेका छन ।
पीडित मौर्यका अनुसार पिपल चौताराबाट नै साढे ८ मिटरको नाला, बाटो कायम गरी बनाएको भए मलाई कुनै आपत्ति हुने थिएन । तर, सो नच्यापी व्यक्तिगत नाक्सापास भएको मेरो जमिनलाई व्यक्तिगत रिसबिले तोडी साढे ८ मिटर नाला बनाउने कार्य गरेको हुँदा आफुलाई आपत्ति भएको बताए । मौर्यले अदालतमा यस सम्बन्धित मुद्दा बिचाराधिन रहेको र भाद्र १० गते फैसला गरियो तर पुनः लकडाउनले गर्दा फैसला नक्कल ननिकाली अदालतले गरेको फैसलाको अवधा यदि सम्बन्धित जनप्रतिनिधिहरुबाट नै हुन्छ भने आम व्यक्तिको अवस्था कस्तो होला ? प्रति प्रश्न गरे ।
सम्बन्धित जनप्रतिनिधि र अदालतले समेत ७ मिटर नै कायम गरी सडक र नाला बनाउन आदेश दिइसकेको भएतापनि उक्त आदेशलाई अवेज्ञा गरेर वडाअध्यक्ष हमालले डोजर चलाएर नाला निर्माणको काम गरेको प्रति घरधनी मौर्यले आपत्ती जनाएका छन् । उनले जवरजस्ती नाला निर्माणको नाममा आफ्नो घरमा डोजर चलाएर क्षती पु¥याएको भन्दै कानुनी लडाई लड्ने जिकिर गरे ।












