सघंद्धारा स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ लगायत बस्तुगत संघसंस्थाले स्वास्थ्य प्रोटोकल कडिकडाउका साथ पालना गर्ने निर्णय गरेका छन् ।

स्वास्थ्य प्रोटोकल पालनाको हालसम्मको अवस्थाको समिक्षा गर्न नेपालगन्ज उद्योग वाणिज्य संघले शनिवार बस्तुगत संघसंस्थासंग बैठक गरेको थियो ।बैठकले स्वास्थ्य प्रोटोकल अझ प्रभावकारी तरिकाले अपनाउनुपर्ने निष्कर्ष निकालेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । ‘अहिले निषेधाज्ञा नभएकाले पसल, व्यवसाय सन्चालनमा समस्या छैन । यसलाई अवसरका रुपमा लिदैस्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्ने अहम् जिम्मेवारी हामीलाई आइलागेको छ ।’– मन्सुरीले भने ।

बैठकले स्वास्थ्य प्रोटोकल पूर्णरुपमा पालना गर्नुपर्ने निष्कर्ष सहित प्रहरी, प्रशासनसंग हालको भन्दा अझ सहज रुपमा व्यापार, व्यवसाय गर्ने वातावरण निर्माणका लागि अनुरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष मन्सुरीले भने,–‘बजार सन्चालनका विषयमा अन्यौलता छ भने चिर्नुपर्छ भन्ने उद्योगी, व्यवसायीका सुझावका आधारमा प्रशासनसंग छलफल गर्ने निर्णय भएको छ ।’मन्सुरीको अध्यक्षतामा भएको बैठकमा संघका निवर्तमान अध्यक्ष नन्दलाल वैश्य प्रमुख अतिथी थिए । कोभिड– महामारीमा स्वास्थ्य प्रोटोकलको समिक्षा र आगामी रणनिति सम्बन्धी छलफल बैठक बोलाइएको महासचिव चिरञ्जीवी ओलीले बताए ।

बैठकमा बजार अनुगमन समितिका संयोजक भिम रानाभाटले बजारमा हालसम्म स्वास्थ्य प्रोटोकल पालनाको अवस्थाका बारेमा जानकारी गराएका थिए । बैठकमा संघमा आवद्ध रहेको विभिन्न वस्तुगत संघ/संस्थाका अध्यक्ष एवम् प्रतिनिधि र संघका पदाधिकारी एवम् कार्यसमिति सदस्यजहरुको उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया