बाँकेमा शसस्त्र प्रहरीका १६ सगै २४ जना कोरोना मुक्त

नेपालगन्ज : बाँकेका विभिन्न आइसोलेसनमा रहेका २४ जना कोरोना संक्रमितहरु निको भएर आज आइतबार घर फर्कन लागेका छन ।

संक्रमण भएर साउन ३२ गते आइसोलेसनमा भर्ना भएका २४ जना १४ दिन पुरा गरी कोरोनालाई जितेर जान लागेको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए । जसमध्य शसस्त्र गुल्मका १६ जना रहेका छन भने ग्लोबल आइएमई बैकका ३, कोहलपुरका ४ र खजुराका १ जना रहेका छन ।

बाँकेमा कोरोना संक्रमित ९९० जना पुगिसकेको स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जनाए । कोरोना संक्रमण भएर निको हुने संख्यामा पनि वृद्धि भएको देखिन्छ ।

हाल सम्म ७२७ जना कोरोनालाई जितेर घर फर्किसकेका छन । भने, ६ जनाको मृत्यु भैसकेको छ ।

प्रतिक्रिया