नेपालगन्ज : नेपाली गीत संगीतमा औधी रुचि राख्ने र मीठो आवाजकी धनी प्रशंसा क्षेत्रीको नयाँ गीत सार्वजनिक भएको छ।
सार्वजनिक “निष्ठुरीले माया मारिछ” बोलको गीतमा प्रशंसा क्षेत्री र जयसागर गिरीको सुमधुर आवाज रहेको छ। गीतमा विद्या पौडेलको शब्द रहेको छ। त्यस्तै, जय सागरले नै गीतमा संगीत भरेका छन् ।
लोक प्याटर्नमा आधारित उक्त गीत प्रशंसाले स्टुडियोमा पहिलोपटक गाएकी हुन् । बाँके खजुरा निवासी प्रशंसाले गायनमा एकदमै रुचि राख्ने गर्छिन् । पढाइमा पनि अब्बल उनी सस्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छिन ।
गीतमा प्रशंसा र जयसागरको गायिकी उत्कृष्ट छ। गीतको अडियोले सुन्ने जोकोहीको मन केन्द्रित पार्ने गर्दछ।
मेलोडी नेपालको प्रस्तुती रहेको उक्त गीतको भिडियोमा प्रशंसा र जयसागरलाई स्टुडियोमा गाइरहेको देख्न सकिन्छ। गीत मेलोडी नेपालको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो। हेर्नुस् भिडियो..









