प्रदिप राजबंशि
नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर दुईमा रहेका निर्माणाधिन बाटोहरुलाई दिनरात गरेर बनाउन थालिएको छ ।
घरबारी टोलका सहायक बाटोहरुलाई व्यवस्थित गरि नालि सहितको पिच बनाउने काममा तिव्रता दिएसगै निर्माणको काम पनि धमाधम बनेका छन । दिनमा नालिको काम गरेपनि साझपरेपछि रातिसम्म सडक सम्याउने, पाट्ने तथा पिचका लागी गर्नुपर्ने पुर्व तयारी भैरहेको देखिन्छ ।
रातको समयमा काम गर्दा भिडभाड नहुने र काम गर्न सजिलो हुँदा बाटोलाई गुणस्तरिय बनाउन सहज हुनेभएकाले पनि रातको समयमा गरिएको हुनसक्ने स्थानिय सुवास न्यौपानेले बताए ।
बाटो निर्माण भैरहदा पनि अनुगमन भने नभैरहेको स्थानियले गुनासो गरेका छन । यस तर्फ स्थानिय सरोकारवालाहरुले ध्यान दिन जरुरी रहेको स्थानिय न्यौपानेले जनाए ।











