सरकरले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वकृति खोल्ने निर्णय गरेको छ । आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नयाँ श्रम स्वकृति खोल्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले मन्त्रिपरिषद बैठकका निर्णय सोमबार सार्वजनिक गर्दै श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो । कोरोनाको महामारीको कारण श्रम स्वीकृति रोकिएको थियो ।
यस्तै यसअघि भदौ १५ गते मध्यरातसम्म रोक लगाएको आन्तरिक उडान, लामो, मध्यम तथा छोटो दूरी चल्ने सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरिएको छ । यसअघि सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान गर्ने निर्णय गरेको छ ।









