यस्तो छ बाँकेमा कोभिड १९ को अवस्था !

नेपालगंज : बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिए संगै बाँकेको कोरोना संक्रमितको ग्राफ उकालो लाग्न सुरु भयो । कोरोना भाइरस संक्रमितको संख्या संगै कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या समेत बृद्दी भयो । 

जिल्ला प्रशासन कार्यालय बाँके, जिल्ला जनस्वास्थ्य कार्यालय बाँके तथा बाँकेमा स्थानीय तहले आफ्ना क्षेत्रबाट कोरोना नियन्त्रण र रोकथामका लागि प्रयास हुदै गरे पनि बाँकेमा कोरोना संक्रमणले भयाबह रुप लिन सक्ने आंकलन समेत गरिएको छ ।  त्यसको प्रमुख कारणमा बाँकेमा निर्वाध रुपमा संचालनमा आएका पसल, साना होटेल तथा चिया नास्ता पसल मिठाई पसल र अन्य सबै जसो पसल खुलेका छन् र ति पसलहरुमा सुरक्षा र स्वास्थ्यका मापदण्ड पुरा गरिएको पाइदैन जसले गर्दा कोरोना संक्रमण दर अझ बढ्ने आंकलन गरिएको छ । 

हाल बाँकेमा जम्मा एक हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ भने ७५५ जनाले कोरोना जितेर घर फर्किसकेका छन् । त्यस्तै हालको दिनमा आइसोलेसनामा रहेर उपचार गराउदै गरेका ३१५ रहेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । 

हेर्नुस जिल्ला जनस्वास्थ्य कार्यालयले जारि गरेको बाँकेको कोरोनाको अवस्था

प्रतिक्रिया