बीमा कम्पनीमा काम गर्नेको स्वाब परिक्षण

नेपालगंज : बाँके जिल्लामा कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछी कोरोना परिक्षण (पिसिआर परिक्षण)को दायरा फराकिलो पारिएको छ ।

बैंक तथा वित्तीय संस्था र कोरोना संक्रमण फैलन सक्ने सम्भावित स्थान तथा क्षेत्रमा कोरोना परिक्षणलाई फराकिलो पर्दै पिसिआर परिक्षण गर्ने क्रममा मंगबार नेपालगंजमा बिमा कम्पनिमा कार्यरत ४४ जनाको कोरोना परिक्षण गरिएको छ ।

नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीको पहलमा मंगबार नेपालगंजका बीमा कम्पनिमा फ्रन्ट लाइनमा कार्यरत ४४ जानाको कोरोना परिक्षण गरिएको  नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीका प्रवक्ता सिद्धार्थ जंग शाहले जानकारी दिएका छन् ।

बिमा कम्पनीमा फ्रन्ट लाइनमा बसेर काम गर्ने कर्मचारीहरु उच्च जोखिममा रहने र कोरोना संक्रमणको नेटवर्कलाई रोक्न फ्रन्ट लाइनमा कार्य गर्ने कर्मचारीको नेपाल इन्सुरेन्स प्रोफेसनल सोसाइटीको पहलमा कोरोना परिक्षण गरिएको प्रवक्ता सिद्धार्थ जंग शाहले बताए |

प्रतिक्रिया