भारत र चीनबीच भएको झडपमा भारतीय सैनिकको मृत्यु

भारतीय र चीनीयाँ सैनिकबीच सीमाक्षेत्रमा भएको झडपमा परी भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । शनिबार राति भएको झडपमा परी उक भारतीय सैनिकको मृत्युु भएको द गार्जियनले उल्लेख गरेको छ ।  भारत–चीन सीमामा ४८ घण्टाभित्र दुई झडप भएका थिए ।
यस अघि भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो ।  

पछिल्लो समय चीन र भारतीय सीमामा तनाव बढेको छ ।पछिल्लो समय सीमाको विषयलाई भारत – चीनबिचको सम्बन्ध पनि तनावपूर्ण बनेको छ । भारत र चीनबीच चार हजार किलोमिटरभन्दा लामो सीमा छ । केही भूभागमा दुई मुलुकबीच दशकौंदेखि विवाद रहँदै आएको छ । सीमालाई नै लिएर सन् १९६२ मा दुई देशबीच युद्धसमेत भएको थियो ।

करिब आधा दर्जन क्षेत्रमा दुई देशबीच सीमालाई लिएर चर्को विवाद छ । कतिपय भूभाग दुवै देशले आफ्नो दाबी गर्दै आएका छन् । भारतका तर्फबाट संवेदनशील क्षेत्रमा भारतीय सेनाले निगरानी गर्छ भने अन्य ठाउँमा इन्डो तिब्बत बोर्डर पोलिस ९आईटीबीपी० ले नै सीमा सुरक्षा हेर्दै आएको छ ।

जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग पनि लामो समयदेखि विवाद रहँदै आएको छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ ।

त्यही अक्साई–चीन क्षेत्रको चीन र भारतबीचको विवादास्पद सीमालाई एलएसीबाट छुट्याइएको छ । दुवै मुलुकबाट बेलाबखत एलएसीको उल्लंघन हुँदै आएको छ ।

प्रतिक्रिया