बाँकेका आइसोलेसनामा ३ सय ३० जना

नेपालगंज : बाँकेमा कोरोना संक्रमणको जोखिम सुरुवाती दिन देखि नै रहेको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । भारत संगको खुल्ला सिमाना, जनघनत्व जस्ता कुराले गर्दा बाँके र नेपालगंज जोखिमको सुचिमा रहेको थियो ।

पछिल्लो समय बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछी कोरोना संक्रमितको आकडाले चार डिजिट पार गरिसकेको छ ।

यो समाचार तयार पार्दा सम्म बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार ९५ रहेको छ भने कोरोना संक्रमणलाई जितेर घर जानेको संख्या ७६८ रहेको छ । त्यस्तै हाल कोरोना संग लड्दै बाँकेको विभिन्न आइसोलेसनमा उपचारार्थ कोरोना संक्रमितको संख्या ३ सय ३० रहेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

सुरुवाती दिनमा बाँकेका नरैनापुर गाउँपालिका, नेपालगंज उपमहानगरपालिका र जानकी गाउँपालिकामा कोरोना संक्राम ह्वात्तै देखिए पनि त्यसपछि भने बाँकेमा कोरोना संक्रमण न्युन बनेको थियो तर पछिल्लो समयमा कोरोना संक्रमण समुदाय स्तरमा नै फैलिए पछी हरेक स्थानीय तह, सरकारी कार्यालय, बैंक तथा वित्तीय क्षेत्र र व्यवसायीका प्रतिष्ठानमा कोरोनाको केन्द्र बनेको पाइएको छ ।

प्रतिक्रिया