नेपालगन्जका २० र कोहलपुरका १९ सहित बाँकेका ३९ जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा बिहिबार ३९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका ३९ जनामा कोरोना भाइरस पुष्टि भएको हो ।

बाँकेका प्रजीअ राम बाहदुर कुरुम्बाङका अनुसार आज नेपालगन्ज उपमहानगरपालिकाका २० र कोहलपुर नगरपालिकाका १९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै आज नै बर्दियाको गुलरियामा ४ , मधुबनका ३ र बासगढिका १ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया