भारतमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी कोरोना संक्रमित भेटिएका छन् । ८२ हजार ८६० जना नयाँ संक्रमिको पुष्टि भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३८ लाख ४८ हजार ९६८ पुगेको छ ।
संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो । भारतमा अहिलेसम्म ६७ हजार ४८६ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने संक्रमितमध्ये ८ हजार ९४४ जना गम्भिर अवस्थामा रहेको तथ्यंक संकलक वल्र्डवमिटर डटकमले जनाएको छ ।
संक्रमितमध्ये अहिलेसम्म २९ लाख ६७ हजार ३३९ जना निको भएर घर फर्केका छन् भने ८ लाख १४ हजार ६८ जनाको उपचार भइरहेको छ ।











