बाँकेमा १७ जना नेपाल आर्मी सहित २४ जना डिस्चार्ज

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै जादाँ निको भएर घर फर्कर्नेको सङ्ख्या पनि  वृद्धि भइरहेको छ । आज  ३ महिला र २१ पुरुषले कोरोना भाइरसलाई जितेर घर फर्कदै छन् ।

१८ गते बिहिबार कोरोना संक्रमण भएर स्थानीय विभिन्न आइसोलेसनमा बसेका  २४ जना  डिस्चार्ज हुदै छन ।  जस अन्तर्गत बाँकेका कोहलपुर कौशिल्यानगर ब्यारेकका १७ जना नेपाल आर्मी सहित २४  जनाले कोरोना भाइरसलाई जितेर घर फर्कने छन् ।

बाँकेमा आज सम्म ७ सय ८३ जना डिस्चार्ज भइसकेका  छन्  भने ३ सय ६ जना विभिन्न आइसोलेसनमा उपचार गराइरहेका जिल्ला  स्वास्थ कार्यालय बाँकेका कोरोना भाइरस (कोभिड १९) का फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
हेर्नुहोस् लिष्ट :

प्रतिक्रिया