फोटो : प्लाज्मा डोनेट गर्दै वडा अध्यक्ष रिजाल / उपचार गर्दै भेरीका चिकित्सक
नेपालगंज : भेरी अस्पताल नेपालगंजमा उपचारार्थ २९ बर्षीय पुरुषमा प्लाज्मा थेरापी पछी स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको भेरी अस्पतालले जनाएको छ ।
भदौ १३ गते कोरोना भाइरस संक्रमण पहिचान भइ भेरी अस्पतालमा उपचाररत २९ बर्षीय पुरुषमा १४ गतेबाट शरीरमा अक्सिजनको मात्रा कमी भइ अधिकतम मात्रामा अक्सिजन दिंदा पनि स्वास्थ्यमा सुधार आएको थिएन ।
अस्पतालमा कोभिड डेडिकेटेड आइसियु पुर्ण सन्चालनमा आइ नसकेको र अन्यत्र रिफर गर्न पनि सम्भव नभएकोले आइसोलेसन वार्डमै तत्काल CPAP (Continuous Positive Airway Pressure) बाट स्वास प्रश्वास सम्बन्धि व्यवस्थापन गरि गहन रुपमा निगरानीमा (Monitoring) राखिएको थियो , अस्पताले जनाएको छ।
उक्त बिरामीमा भेरी अस्पतालमै पहिलो पटक भदौ १६ गते प्लाज्मा थेरापी पनि सुरु गरियो । आज उपचारको पाचौं दिनमा वहॉको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ र उपचारमा संलग्न संपुर्ण स्वास्थ्यकर्मीहरूमा हार्दिक धन्यवाद । भेरी अस्पतालले आफ्नो अफिसियल फेसबुक पेजमा लेखेको छ ।











