नेपालगंज : बाँके प्रशासनले आज र भोलि निषेधाज्ञाको घोषणा गरेको छ , प्रत्यक सुक्रबार र शनिबार बाँकेमा निषेधाज्ञा लगाउने जिल्ला कोभिड १९ संकट व्यवस्थापना केन्द्रको भदौ १२ गते बसेको बैठकले बाँकेमा हरेक हप्ताको सुक्रबार र सनिबार निषेधाज्ञा गर्ने घोषणा गरेको थियो |
जिल्लामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए पछी बाँकेमा कोरोना संक्रमणको ग्राफा दिनप्रतिदिन उकालो लागि रहेको छ | हप्ताको दुइ दिन (शुक्रबार र शनिबार) गरिने निषेधाज्ञाको अर्थ नरहेको भन्ने जनगुनासो आए पनि प्रशासन कार्यालयले भने निषेधाज्ञा अनिवार्य रुपमा पालना गर्न जिल्लावासीहरुलाई आग्रह गरेको छ ।
हेर्नुस जिल्ला प्रशासन कार्यालय बाँकेले जारि गरेको सुचना र के खुल्ने के नखुल्ने ?












