एचसिआरसी अस्पतालका निर्देशक सिटौलाका परिवार सहित २० डिस्चार्ज

नेपालगन्ज : आज शुक्रबार बाँकेमा थप २० जना कोरोना जितेर डिस्चार्ज भएका छन । आज डिस्चार्ज हुनेमा एचसिआरसि अस्पताल नेपालगन्जका निर्देशक रमेश सिटौलाका परिवार सहित २० जना रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

बाँकेबाट हालसम्म डिस्चार्ज हुनेको सँख्या ८०३ पुगेको छ । १४ दिने आईसोलशन बसाई पुरा गरेका ५ महिला र १५ पुरुषलाई आज डिस्चार्ज गरिएको श्रेष्ठले जानकारी दिएका छन् ।

श्रेष्ठका अनुसार बाँकेमा हालसम्म २० हजार ७५६ जनाको कोरोना परिक्षण गरिएकोमा १ हजार १३९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ८०३ जना कोरोनामुक्त हुँदै डिस्चार्ज भईसकेका छन भने ३३० जनाको विभिन्न आइसोलेसन सेन्टरमा उपचार भईरहेको छ ।

बाँकेमा कोरोना संक्रमणबाट मुत्यु हुनेको सँख्या ६ पुगेको छ । संक्रमण संख्या सङ्गै निको भएर जानेको सङख्या पनि बढेको छ ।

प्रतिक्रिया