प्रदिप राजवंशी
नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत डा. अंकुर भण्डारी वरिष्ठ प्रसूती तथा स्त्री रोग विशेषज्ञ हुन । डा. भण्डारी फ्रन्टलाइनमा रहेर काम गर्दा गर्दै कोरोना पोजेटिभ हुन पुगिन ।
कोरोना पोजेटिभ भएर १४ दिन आइसोलेसन र होम आइसोलेसन बसेर स्वास्थ्य लाभ गरि पुन : आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन । कोरोना पुष्टि हुनुअघि उनलाई काम गर्ने दौरानमा हल्का सन्चो नभएको जस्तो भएपछि स्वाव टेष्ट गराएकी थिइन । चेक गराएपछि पोजेटिभ देखियो ।
फ्रन्टलाइनमा रहेर काम गर्दा एक दिन त पोजेटिभ हुन्छु भन्ने पहिलेनै लागेको थियो नियमित स्वास्थ्यको ख्याल गर्दा निको हुनेमा ढुक्क थिए त्यसैले पनि मलाई पोजेटिभ हुदाँ त्यति डर लागेको थिएन । त्यतिबेला घरका अरु परिवार बच्चाहरुमा लाग्छकि भन्ने चिन्ता लागेको थियो पछि सबैको नेगेटिभ आउदाँ लागेको चिन्नता पनि हराएर गयो डा.भण्डारीले भनिन् । मैले शुरक्षा अपनाउदा अपनाउदै पनि कसरी लाग्यो थाह भएन ।
कोरोना संक्रमण हावाबाट पनि सर्छ भन्छन् त्यसैले पनि कुन बेला संक्रमित भैयो थाहै भएन । आएसोलेसनमा बस्दा रचनात्कम क्रियापलाप गर्ने गरेको डा. भण्डारीले बताइन । आफ्नो रोगसगं लड्न सक्ने क्षमता वृद्धि गर्ने खालका खानेकुरा खाने, व्यायाम गर्ने, किताब पढ्ने लगाएतका काम गरेर १४ दिन विताएको उनले सुनाइन । कोरोना संक्रमण हुदैमा डराउनुपर्ने कुरा केहि नभएको डा. भण्डारीले बताइन । सरल रुपमा लिएर आफ्नो स्वास्थ्यको ख्याल गरे कोरोनालाई जित्न सकिने उनको अनुभव छ । जटिल विरामि पहिलेदेखिकोलाई कोरोना संक्रमण भएको भए अलि अप्ठेरो पर्न सक्ने भएकाले बेलैमा स्वास्थ्य सेवा लिनुपर्नेमा जोड दिन्छन् ।
कोरोना संक्रमण हुने डरले पनि हाल विरामिहरु अस्पतालमा कमै मात्रमा आउने गरेको बताएकी छन । अस्पताल आउने विरामि भनेको जटिल प्रकृतिका बढी रहेको डा. भण्डारीले बताइन । वरिष्ठ प्रसूती तथा स्त्री रोग विशेषज्ञ समेत रहेकी डा. भण्डारीले गर्भवति महिलाहरुले समयमै सुरक्षित तबरले चेकजाच गराउन अनुरोध गरीन ।











