राष्ट्रिय बाणिज्य बैंकका ५ जना कर्मचारी सहित ४० मा कोरोना संक्रमण

नेपालगन्ज : बाँकेमा शुक्रबार ४० जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्यावबाट ३७ जना र बागेश्वरी ल्याव बाट ३ गरि ४० जनामा कोरोना भाइरस पोजेटिभ पुष्टी भएको हो ।

आज संक्रमित हुनेमा १५ जना महिला र २५ जना पुरुष रहेका छन । जसमा नेपालगन्ज उप महानगरपालिका वडा नम्बर ९ मा ९ जना देखिएका छन ।

त्यस्तै राष्ट्रिय बाणिज्य बैकंका ५ जना कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य कार्यालय बााकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए । यो सगै बाँकेमा ११७९ जना पोजेटिभ सख्या पुगेको छ ।

प्रतिक्रिया