बाँकेमा आज जम्मा ६० जनामा कोरोना पुष्टि

नेपालगन्ज : बाँकेमा आज जम्मा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्ज र बागेश्वरी डाइगोनेस्टिक (प्राइभेट ल्याब) बाट गरिएको परिक्षणमा आज बाँकेमा ६० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका छन् ।

दिउँसो सम्मको परिक्षणमा ४० जनामा कोरोना पुष्टि देखिए पनि भेरी अस्पतालले साझ सम्मको कोरोना पुष्टिको रिपोर्ट निकाले संगै संख्यामा वृद्धि भएको हो । भेरी अस्पतालले साझ ६ :१५ बजे जारी गरेको सुचनामा थप २० जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया