बाँकेमा कोरोना बीमा गर्नेको सङ्ख्या दिनप्रतिदिन बढ्दै

के-पी- घिमिरे ,नेपालगन्ज – कोरोना भाइरस संक्रमितको सङ्ख्या विश्वभरि बढ्दै गइरहेको परिपेक्ष्यमा नेपाल पनि अछुतो छैन् ।

नेपालका विभिन्न जिल्लाहरुमा कोभिड १९ का संक्रमितको सङ्ख्या बढ्दै जादा बाँके जिल्लामा पनि उकालो लागेको छ । अहिले बाँकेका इन्स्योरेन्स कम्पनीहरुमा कोरोना बीमा गर्नेहरूको सङ्ख्या ह्वात्तै बढेको छ ।

नेपालगन्जमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडमा आजका दिनसम्म ७६ लाख भन्दा बढी प्रिमियमको बीमा गरिएको कम्पनीका नेपालगन्ज शाखा प्रमुख नबिन शर्माले बताए ।

उनका अनुसार १२ हजार ७ सय ३३ जनाले बीमा गरेका छन् । कम्पनीमा बीमा गर्न पूर्वको रौतहट देखि सुदूर पश्चिमको बझाङबाट समेत अनलाइन प्रविधिबाट बीमा गरेको राष्ट्रिय बीमा कम्पनी नेपालगन्जका लेखा सहायक तथा अन्डरराइटिङ्ग गर्ने काशिराम जोशीले बताए ।

कार्यालय प्रमुख शर्माका अनुसार ५ जना कर्मचारी रहेको कम्पनीमा सबैलाई भ्याइनभ्याई काम गरिएको बताउदै यो महिनाको अन्तिमसम्म १ करोड भन्दा बढीको प्रिमियम पुर्याउने शर्माले बताए ।

आज बीमा समितिले सूचना जारी गरि कोरोना बीमा भुक्तानी दावी गर्नका लागि सरकारी प्रयोगशालामा पिसिआर जाँच गराइएको हुनुपर्ने बताएको छ ।

बाँकेमा शिखर इन्स्योरेन्स, नेशनल इन्स्योरेन्स, नेको इन्स्योरेन्स लगायतका नन लाईफ बीमा कम्पनीहरुले कोरोना बीमा गर्ने गरेका छन् ।

प्रतिक्रिया