नेपालगन्ज : बाँकेमा आज ११ जनामा कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।
यो संगै बाँकेमा संक्रमितको संख्या १२ सय १० पुगेको छ । कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पछि बाकेमा हरेक दिन ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन् ।












