नेपालगन्ज : मानव बेचबिखनको समस्या एक लज्जाको बिषय भएको छ ।
कोभिड १९ को असरका कारण भएको बन्दाबन्दिले यातायात समेत बन्द रहेको अवस्थामा पनि महिला बालबालिका हराइरहेका छन । कोरोना कहरका कारण बिभिन्न देश तथा नेपालकै बिभिन्न स्थानमा श्रमिकका रुपमा रहेका नेपाली दाजुभाई दिदि बैनिहरु फर्कीएर आ आफ्नो थाक थलोमा आउनु , रोजगारी गुमाउनु र श्रम समेत गर्न नपाउनुले झन आन्तरिक मानव बेचबिखनको जोखिमलाई बढावा मिलि रहेको विभिन्न घटना क्रमहरुले देखाएको छ ।
यो एक वर्षको अवधिमा मानव बेचबिखनको जोखिममा रहि जोखिमपुर्ण यात्रारत ५७७ महिला वालवालिकालाई नेपाल भारत सिमाना जमुनाहा बाट नेपाल प्रहरी सँगको समन्वयमा उद्धार गरिएको छ । जस मध्य १ –एक) जनालाई बन्दाबन्दिको समयमा रोकथाम तथा उद्धार गरिएको थियो ।
यसै गरि यो एक वर्षको अवधिमा ५८५ जनाको खोज तलास तथा उद्धारको लागि निबेदन परेकोमा २८० जना फेला परेका छन । जस मध्ये बन्दाबन्दिको समयमा १७ जना महिला वालिवालिका हराएको निबेदन परेकोमा ५ जना फेला परेका थिए ।
अन्यको खोजि कार्य भई रहेको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोईरालाले जानकारी दिए











