खजुरामा ३२ सहित बाँकेमा ३८ जना संक्रमित थपिए


नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण फैलने क्रम तिव्र छ ।

आज आइतबार पनि बाँकेमा हाल सम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश बाबु श्रेष्ठका अनुसार बाँकेमा नयाँ संक्रमित ३८ जना थपिएका हुन ।

जिल्ला प्रशासन बाँकेले शुक्रबार र शनिबार जिल्लामा हप्ताको दुई दिन निषेधाज्ञा जारी गरेको थियो । दुई दिनको निषेधाज्ञा लागु भएसगै बाँकेमा नयाँ कोरोना संक्रमित थप भएका छन ।

आज थपिएको संक्रमितहरुमा बाँकेको खजुरा अगाडि देखिएको छ । खजुरामा ३२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।

भेरी अस्पतालका अनुसार बर्दियामा ४२ जनामा आजै कोरोना संक्रण पुष्टि भएको छ ।

प्रतिक्रिया