जेसीज सप्ताह आज देखि शुरु, भोली रक्तदानको आयोजना

नेपालगन्ज : नेपालगन्ज जेसीजको जेसीज सप्ताह शुरु भएको छ । आज देखि शुरु गरिएको सप्ताहव्यापि कार्यक्रमको शुभारम्भ बृक्षारोपण गरेर मनाइएको छ ।

नेपालगन्ज जेसीजका अध्यक्ष प्रज्वल कुमार श्रेष्ठको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा न. १० गणेश मन्दिरमा बृक्षारोपण गरिएको थियो । शुभारम्भ कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर १०का वडा अध्यक्ष बिन्दु भुषण बस्नेत, मन्दिर कोशाध्यक्ष अर्जुन श्रेष्ठ, जुनियर जेसिज अध्यक्ष बिमला श्रेष्ठ, पुर्ब अध्यक्षहरु आनंद बहादुर कर्माचार्य, सुनिल कुमार गुप्ता, बिकास कर्मचार्य, निवर्तमान अध्यक्ष रत्नकाजी शाक्य, मुल संयोजक प्रकाश कुंवर, संयोजक रिया श्रेष्ठ लगायत जेसिस, जुनियर जेसिज, तथा विभिन्न सामाजिक अभियन्ताहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रम महासचिव माधव प्रसाद बेल्बासेले सन्चालन गरेका थिए । जेसीस सप्ताहको दोश्रो दिन भोलि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज जेसीसका अध्यक्ष श्रेष्ठले बताए ।
नेपालगन्ज जेसीजको सप्ताहव्यापी कार्यक्रम यस्तो रहेको छ, हेर्नुस् ।

प्रतिक्रिया