खजुरामा निषेधाज्ञा, के खुल्ने के नखुल्ने ?

khajura

नेपालगंज : आज राति १२ बजेदेखि बाँकेको खजुरा गाउँपालिकाका केहि भागमा निषेधाज्ञाको आदेश जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज-गुलरिया सडकको खजुराको कपास बिकासदेखि बिपि प्रतीक्षालय सम्म र दायाँबायाँ ५०० मिटर क्षेत्रमा पर्ने सबै वडामा लागु हुने गरि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको हो।

गाउँपालिकाको निर्णयका आधारमा निषेधाज्ञाको आदेश जारी गरिएको हो । कोरोना संक्रमण बढ्दै गएपछि निषेधाज्ञाको आदेश जारी भएको हो ।

हेर्नुस के गर्न हुने र के गर्न नहुने

प्रतिक्रिया