बाँकेमा संक्रमण संगै असावधानी बढ्दै

फाइल फोटो

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमणको आकडा मात्रै बढेको छैन, कोरोना संक्रमणको आकडा संगै यहाँको जनजीवनमा असावधानी समेत बढेको छ ।

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढेको बाँकेमा बाँकेबासिको जनजीवन अति सामान्य बनिसकेको भान हुन्छ । कोरोना संग लड्ने विकल्प लकडाउन मात्रै नभएको तर्क अगाडी आएको बेला कोरोना संक्रमणले लिएको ज्यान र संक्रमितको बढेको संख्या आफैमा एउटा यथार्थ हो । बाँके प्रशासनले बाँकेमा प्रत्येक शुक्रबार र शनिबार निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञाको दिन अत्यावश्यक कार्यको लागि हिडडुल गर्न दिइएको थियो । तर बजारमा अनावश्यक भिड थिएन जसले गर्दा समुदायमा पसेको कोरोनाको चेन रोक्न सकिने स्थिती थियो तर आइतबार र सोमबारको दृश्य हेर्दा बाँकेमा कोरोना संक्रमणको आकडा मात्रै बढेको छैन , बाँकेमा लापरबाही समेत बढेको देख्न सकिन्छ ।

सामाजिक दुरि कायम गर्न सकिने स्थान र काममा पनि सामाजिक दुरि कायम गरेको देखिएन, चिया पसल र कफि सपमा चिया पिउने र गफ गर्नेहरुको सन्ख्या समेत उल्लेख थिए भने स्वास्थ्य सुरक्षाका सामाग्रीहरु ( मास्क र सेनिटाइजर ) जस्ता सामाग्रीको प्रयोगमा कमि आएको पाइएको छ ।

यी र यस्ता गतिविधि ब्यवसाय संचालन गर्दा गर्दै पनि अपनाउन सकिन्छ , काम र कार्यालयमा सजिलै लागू गर्न सकिन्छ, पसलमा राख्न र प्रयोगमा ल्याउन सकिन्छ तर पनि यस्तै सानो तर महत्त्वपूर्ण मानिने हाम्रो क्रियाकलाप लापरबाही बन्दै गएको छ । जसले कोरोना संक्रमणको दर अझ उच्च हुनेमा सजिलै अनुमान गर्न सकिने जानकार बताउछन् ।

बाँकेमा हालको दिनमा दैनिक रुपमा कोरोना संक्रमितको संख्या थपिएको छ भने डिस्चार्ज हुनेहरुको संख्या पनि उलेख्य छ ।

आज मात्रै बाँकेमा ५ जनामा कोरोना पुष्टि भएको छ भने ६ जना डिस्चार्ज भएका थिए । आज सम्म बाँकेमा १२ सय ५७ पोजेटिभ केस देखा परेको छ भने ८४० जना निको भै घर फर्किसकेका छन् ।

प्रतिक्रिया