
नेपालगन्ज- एक्स जेनेरेसनको आयोजनामा नेपालगन्जमा हुन लागिरहेको “मिस नेपालगन्ज २०१९”को तयारी तिव्र रुपमा अगाडि बढिरहेको आयोजक एक्स जेनेरेसनका प्रेसिडेन्ट संयोगजंग शाहले बताएका छन।
मिस नेपालगन्ज तथा लिटिल मिस भेरीको लागि अडिसनबाट छानिएर आएका प्रतिस्पर्धीहरुलाई यतिबेला एक्स जेनेरेसनले ट्रेनिङ गराइरहेको छ।

नेपालगन्जको सामर्थ इन होटलमा सन्चालन भइरहेको ट्रेनिङमा मिस नेपालगन्ज २०१९ को लागि अडिसनबाट छानिएका १५ जना प्रतिस्पर्धीहरुलाई एसिस्टेन्ट कोरियोग्राफर दिपीका श्रेष्ठ र सुमन थापाले ट्रेनिङ दिइरहेका छन।
ट्रेनिङमा रचना केसी, स्नेहा धिताल, सगुन भारती, प्रसिद्धिका धिताल, निशा श्रेष्ठ , एकता बुढाथोकी , रितु सोनी , सुस्मिता शाही, पूजा चन्द, सन्ध्या शाह, अमृता तामाङ , सृजना अधिकारी, सुप्रिया बिसी, प्रकृति खतिवडा , बिष्णा राणा र स्वेता मल्ल गरि १५ जना सहभागी रहेका छन भने उतिकै संख्यामा लिटिल मिस भेरिका प्रतिस्पर्धी रहेको आयोजक एक्स जेनेरेसनले जनाएको छ ।

सौन्दर्य प्रतियोगिताको ट्यालेन्ट राउन्ड पुसको ३ गते हुनेछ भने पुस १२ मा मिस नेपालगन्ज तथा लिटिल मिस भेरि २०१९ को छिनोफानो हुनेछ ।












