नेपालगंज : बाँकेका ७७ जना कोरोनालाई जितेर आज डिस्चार्ज हुने भएका छन् ।
बाँकेको विभिन्न आइसोलेसन सेन्टरहरुमा रहेका कोरोना संक्रमितहरु कोरोना जितेर आज डिस्चार्ज हुने जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् ।
बाँकेमा कोरोना संक्रमणको दर बढी रहेको समयमा बाँकेमा ठुलो संख्यामा कोरोना जितेर घर फर्कने संख्या समेत उत्तिकै छ ।
सम्भवत बाँकेमा यति धेरैको संख्यामा एकै दिन कोरोना जितेर डिस्चार्ज हुदै गरेको पहिलो पटक हो । आज डिस्चार्ज हुनेमा नेपाली सेनाको संख्या धेरै रहेको छ ।












