हराउदै थारु समुदायको हर्दुङ्ग्वा नाच

नेपालगन्ज :

हराउदै थारु समुदायको हर्दुङ्ग्वा नाच

थारु समुदायका महिलाले लगाउने पहिरनमा सजिएका एक पुरुष, गोल घेरामा उभिएका अरु पुरुषहरुको भीड ।

लेहङगा, व्लाउज, सट्की, अगरान, झिमल्या लगायतका भेषभुसामा सजिएका ती पुरुष मादलको तालमा ढलकढलक नाचिरहेका छन् । गोलघेरा लगाएका बिभिन्न उमेर समूहका मानिसहरु तालि पिट्दै हुडुरहुडर कराइरहेका थिए ।

थारु वस्तिहरुमा यस्तै हर्दुङ्ग्वा नाचगान गरि चाडपर्व विशेषमा रामरमाइलो गरिन्छ ।

थारु समुदायमा मनाइने बिभिन्न चाडपर्वमा हुर्दुङ्ग्वा नाच देखाउने गरिए पनि पानी परोस् भन्ने कामनासहित असारमा गरिने ढु¥यागुरै र धानबाली सप्रियोसभन्दै साउनभदौ महिनामा गरिने हा¥यागुरै पूजाबीचको समयावधिमा कुनै पनि बाजा बजाउन नमिल्ने परम्परा रहेको बा“केका थारु अगुवा हरीराम थारु बताउछन् ।

पश्चिम नेपालका थारु समुदायको लोकप्रिय हुर्दुङग्वा नाच लोप हुन थालेकोभन्दै थारु अगुवाहरु चिन्तित छन् ।

नया“ पिढीहरुले हुर्दुङग्वा नाचगानप्रती चासो दिन छाडेपछि थारु बस्तिहरुमा यो नाच र गीतको भाका गुञ्जिन मुस्किल हुन थालेको छ ।

थारु समुदायको वाहुल्यता रहेका पश्चिम नेपालका बाँके, बर्दिया, दाङ्ग, कैलाली र कञ्चनपुरका वस्तिहरुमा गुञ्जीने हुर्दुङग्वा नाच हिंजोआज मेला महोत्सवमा मात्र सिमित हुन थालेको छ ।


थारु बाहेकका अन्य समुदायको संस्कृतिको प्रभावका कारण्ँ परम्परागत नाचगान कम हुंदै गएको थारु अगुवाहरुको भनाई छ ।

आधुनिकताका नाममा यूवा पिढीले हुर्दुङ्ग्वा नाच लगायतका परम्परागत संस्कृतिहरु विर्सदै गएकोले थारु संस्कृति हराउँदै गएको बर्दिया गुलरियाकी बतासीया थरुनीको भनाई छ ।


हुर्दुङ्ग्वा नाच देखाउनुपर्ने अवसर र पर्वमा पछिल्लो पुस्ताले सिडी र फिल्म देखाएर मनोरञ्जन लिन थालेका छन् । थारु कल्याणकारीणि सभा बांकेका अध्यक्ष मंगल थारु भन्नुहुन्छ आप्mनो संस्कृति र पहिचान जर्गेनाका लागि स्वयम थारु समूदाय नै जागरुक बन्नु आवश्यक छ ।


आप्mनो जातीय पहिचान स्थापनाको लागि थारु समुदाय एकातर्फ एक जुट भइरहेका छन् भने अर्कोतर्फ पुखौंदेखिको चिनारी र संस्कृतिक परम्परा बचाउन थारु समुदायका अगुवाहरुलाई मुस्किल परिरहेको छ ।

प्रतिक्रिया