नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा सुविधायुक्त कोरोना विशेष अस्पताल स्थापना गरिएको छ ।
अस्पतालमा भेन्टिलेटर, आइसियु, एचडियु सहितको ७२ बेडको कोरोना विशेष अस्पताल आज देखि सन्चालनमा आएको भेरीका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।
एसि सुविधा सहितको कोरोना विशेष अस्पताल संचालनमा आएपछि संक्रमितहरुलाई केहि सहज हुने विस्वास लिइएको छ ।












