स्वास्थ्य शाखा प्रमुखलाई कोरोना संक्रमण

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दलाई कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य शाखा प्रमुखको रुपमा कोरोना रोकथाम र नियन्त्रणको अभियानमा नेतृत्वदायी भूमिकामा खटिनुभएका चन्दलाई बिहिवार कोरोना पोजिटिभ देखिएको हो । 

लकडाउन सुरु हुनुभन्दा अघिदेखि नै चन्द कोरोना विरुद्धको अभियानमा सक्रिय भएर खटिनुभएको थियो ।  पछिल्ला ६ महिनामा दिनरात स्वास्थ्य उपचार र ब्यवस्थापनमा खटिनुभएका चन्दले आफुलाई कोरोना भएको सार्वजनिक गर्नुभएको छ । 

प्रतिक्रिया