कोरोना कहरमा बाँकेको अवस्था :करिब ७० प्रतिशत रिकभरी दर हुँदा ८ को मृत्यु

नेपालगंज : बाँकेमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसके पछी अपत्यारिलो किसिमले कोरोना संक्रमण फैलिएको छ । नेपाल भारत सिमाना र जनघनत्व तथा अन्य जिल्ला समेतको केन्द्रको रुपमा बाँके र नेपालगंज भएकै कारण पनि बाँके सुरुवाती दिन देखि नै कोरोनाको उच्च जोखिममा रहेको थियो  ।

सुरुवाती चरणको कोरोना संक्रमण नियन्त्रमा आएको महसुस हुदै गर्दा कोरोना संक्रमण नपत्याईदो किसिमले समुदायमा प्रवेश गरे पछी बाँकेमा कोरोना संक्रमण दैनिक रुपले बृद्दी हुदै गएको छ  ।

दैनिक जसो दर्जन बढी पोजेटिभ केश देखा परेको बाँकेमा एकै दिन ७३ जनामा समेत कोरोना पुष्टि भएका छन्  । तर बाँकेमा कोरोना संक्रमणको दर संगै कोरोना निको भएर घर फर्कनेहरुको संख्या समेत उलेख्य रहेको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ बताउछन  ।

श्रेष्ठका अनुसार बाँकेका १३ सय ६४ जना कुल संक्रमित मध्ये ९५१ जना कोरोना निको भएर घर फर्किसकेका छन् , यो आकडा करिब ७० प्रतिशत जति हुन आउछ  । त्यस्तै बाँकेमा ४०४ जना हाल जिल्लाको विभिन्न आइसोलेसन सेन्टरमा छन् भने ८ जनाको मृत्यु भैसकेको छ  ।

बाँकेमा आज मात्रै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने आज नै कोरोना निको भएर घर जानेको संख्या ३६ रहेको थियो  ।

प्रतिक्रिया