बाँकेमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या हजार नजिक, आजमात्रै १९ डिस्चार्ज

नेपालगन्ज : बाँकेका १९ जना आज कोरोना निको भै घर फर्किएका छन् । दैनिक जसो कोरोना संक्रमितको संख्या उकालो लागेको बाँके जिल्लामा दैनिक जसो नै कोरोनाबाट निको भएर घर फर्कनेहरुको संख्या समेत अधिक रहेको छ । यो संगै बाँकेका नौँ सय ७० जनाले कोरोना जितेका छन् ।

शुक्रवार बाँकेबाट कोरोनामुक्त भई १९ जना डिस्चार्ज भएपछि कोरोना जित्नेको संख्या नौँ सय ७० पुगेको हो । बाँकेमा हालसम्म एक हजार तीन सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ति मध्ये आठ जनाको मृत्यु भएको छ ।

आज शुक्रवार भेरी अस्पताल नेपालगन्जमा कार्यरत एक चिकित्सक र एक नर्स, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीसँगै १९ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया