सुर्खेतमा ‘कोसेली बजार’ अनलाइन सपिङ संचालनमा

प्रविधिको विकाससंगै मानिसहरुका दैनिकी पनि फेरिएका छन् । मानिसहरूले प्रविधिको प्रयोगबाट मनग्ये लाभ लिने गरेका छन् । पछिल्लो समयमा त अझ प्राय काम डिजिटल प्रविधिबाट गरिँदै आएको छ।

यस्तै मानिसहरुको जीवनयापन सहज बनाउन पछिल्लो समय अपनाइने गरेको डिजिटल प्रविधि हो अनलाइन सपिङ । समय अनि कम पैसामै अनलाइनमार्फत घरमै आफुले चाहेका सामान आइपुग्ने भएपछि मानिसहरूले यो अनलाइन सपिङलाई बढी प्रयोग गर्दै आइरहेका छन् ।

यसैबीच, प्रदेश नम्बर ६ को राजधानी सुर्खेतको गुर्वाकोटमा पनि सुर्खेती केही युवाहरू मिलेर अनलाइन सपिङ सेवा सुरु गरेका छन् । “कोसेली बजार” नामक अनलाइन वेबसाईट मार्फत विभिन्न सेवा दिने गरि केही दिन अघि मात्रै वेबसाईट लन्च गरिएको संचालक टिमका आयुष विश्वकर्माले जानकारी दिए।

उनका अनुसार गुर्भाकोट नगरपालिका तथा भेरिगंगा नगरपालिकाका ग्राहकहरुलाई लक्षित गर्दै कोसेलीबजार डटकम आधिकारिक रुपमा सुरुवात गरिएको हो।

इन्टरनेटको माध्यमबाट सजिलै घरमै बसेर आफूलाई चाहिने इलेक्ट्रिोनिक सामानहरु, कपडा, घरायसी समान, खेलकुद तथा स्टेसनरी समानहरु कोसेली बजारको वेबसाइट मार्फत अनलाइन खरिद गर्न सकिने छ ।

प्रतिक्रिया