खजुरा गाउँपालिका प्रमुख कक्षपति सहित बाँकेमा २१ जनामा कोरोना संक्रमण

नेपालगन्ज : खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपति सहित बाँकेमा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएसगै कक्षपतिले जनताको सेवा गर्दा गर्दै संक्रमित हुन पुगेपनि उच्च मनोबलका साथ कोरोना मुक्त भएर पुनः जनताको सेवामा आउने प्रतिबद्धता ब्यक्त गरे ।

कक्षपति सगै बाँकेमा आज २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय बाँकेले दिएका जानकारी अनुसार जिल्लामा १० महिला र ११ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

बाँकेमा आज थपिएका संक्रमितहरुमा बैजनाथ गाँउपालिकाका ८ जना, नेपालगन्ज उपमहानगरका बिभिन्न वार्डका ६ जना, खजुरा गांउपालिकाका  ४ जना र कोहलपुर नगरपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला क्राईसिस मेनेजमेन्ट सेण्टरका कोरोना फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

आज थपिएसंगै बाँकेमा कुल संक्रमितको संख्या १४४० पुगेको छ जसमा ९९७ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने जिल्लामा ८ जनाको मृत्यु भएको छ ।

 

प्रतिक्रिया

रिपोर्टिङ गर्दागर्दै कोरोना संक्रमित बन्न पुगेका पत्रकार यस्तो भन्छन