राम्री केटिको फोटो राखेर लभ.. अनि भेट्न खोज्दा अपहरणको नाटक

नेपालगन्ज : मान्छेले नाटक कति सम्मको गर्छ ? नाटक पनि पच्ने र नपच्ने हुन्छन् । झुटा कुरा जति गरेपनि एक न एक दिन थाहा हुन्छ नै । त्यो पनि फेसबुकमा फेक आइडि बनाएर नचिनेको मान्छेहरुसगं कुरा गर्ने, रमाइलो गर्ने प्रचलन पछिल्ला दिनमा बढ्दै गएको छ ।

धेरै फेसबुक आइडि बनाएर केटा मान्छेलाई माया प्रेम गरेजस्तो गरि नाटक गर्ने गरिएको घटना बाहिर आएको छ । यो घटनामा केटिले केटालाई आफु अपहरण परेको भनि झुटा कुरा भनेपछि प्रहरीको फन्दामा परेकी छन । श्रीमान घरमा हुदाँहुदै ति महिलाले अरुकै फेक फेसबुक आइडि बनाएर रातभर लुकिलुकी कुरा गर्ने गरेकी थिइन् ।

कुरा नलुकाई राख्दैछौ । बाँकेको नेपालगन्ज फुलटेक्रामा बस्दै आएकी ३३ वर्ष उमेर पुगेकी आशिका कुमारी चौधरीले विगत ६ महिना अघि सानु दहितको नामबाट आफु भन्दा पनि सुन्दर केटीको फोटो राखी फेसबुक आई.डी खोलीन् । नवलपरासी बस्ने एक जना केटालाई उक्त आई.डी बाट फेसबुक साथी बनाई च्याट गर्न थालिन । विस्तारै फोन सम्पर्क गर्ने गरेका उनिहरु राति अवेरसम्म रमाइला गफ गर्ने गर्दर्थे । केटाले भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गर्दै आएकी आशिकाले उक्त केटालाई आफु सानु दहित नै हो भन्ने विस्वास दिलाउन फेक फोटोहरु पठाउने गर्थिन । उनले जुन केटिको फोटो पठाउथिन, त्यो अर्कैको फेसबुक बाट तानेर पठाउने गरेकी थिइन ।

आशिकाले केटालाई एक सुन्दर केटिको फोटो पठाएकी थिइन । केटापनि उक्त सुन्दर केटिको फोटो देखेर आफ्नो बनाउने सम्मको सपना देखिसकेका थिए । आशिका र त्यो केटा यति कुरा गर्थे कि एकछिन पनि फोन म्यासेज विना बस्न नसक्ने भैसकेका थिए । उनिहरुविच माया गर्ने देखि लिएर अरु थुप्रै कुरा हुन्थ्यो । आशिक कुमारी चौधरी आफ्ना श्रीमानलाई भन्दा बढि फेसबुकमा कुरा गर्ने केटा सगं धेरै कुरा गरेर दिन विताउथिन ।

आशिक कुमारीका श्रीमान अलि सोझो खालको भएरपनि धेरै चासो नदिने गर्दथे । आशिक कुमारीले आफ्नो बारेमा सबै झुटा कुरा मात्र केटालाई बताएकि थिइन । यहि भाद्र २६ गते आशिक कुमारीले आफै मेरो घर पोखरामा पनि छ, म पोखरा घरमा जादै छु, बाटोमा भेटी संगै पोखरा जाउ, म नेपालगंजबाट आफ्नै गाडीमा आउदै छु भनिन् ।

यति भनेपछि भेट्न आतुर रहेका ति केटाको मनमा हर्स जागेर आयो । आशिक कुमारीले पोखरा जाँदा बिच बाटो चन्द्रौटामा पुग्दा एक्कासी अपरिचित ब्यक्तिहरुले आफुलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी लगेर कोठामा बन्द गरेर राखेको भनि केटालाई खबर गरिन । केटाले सधै विश्वास गरेको थियो आशिक कुमारीलाई । केटिले भन्ने वितिकै केता आतिएर प्रहरीलाई खबर गरे पछि प्रहरीले उक्त घटनाको अनुसन्धान शुरु गरेको थियो । आशिक कुमारी चौधरी भाद्र २७ गते फुलटेक्रा स्थित आफ्नै डेरा कोठामा फेला परिन । अनि थाहँ भयो अहिलेसम्म सबै नाटक गरेकी रहिछन ।

आशिक कुमारी चौधरीले आफु २२ बर्षको केटी हु, मेरो आफ्नै ब्यापार छ, नेपालगंज र पोखरामा घर छ भनेर केटालाई झुटो कुरा बताएकी थिइन । अन्त्यमा भेटघाट गर्नु पर्ने बाध्यता परेपछि उक्त कार्य गरेको भनि आशिक कुमारी चौधरीले प्रहरीसगं खुलाएकी छन । फेसबुकमा साथी बनाई रोमान्स गर्नका लागी नाटक गरेको पनि उनले स्वीकार गरिसकेकी छन । अहिले आशिक कुमारी चौधरीलाई प्रहरीले थुनामा राखेको छ । कानुन बमोजिक आशिक कुमारीले सजाय पाउने जिल्ला प्रहरी कार्यालयमा प्रमुख ओम बहादुर रानाले जानकारी दिए ।

 

प्रतिक्रिया