पत्रकार भण्डारी सहित ४२ जनाले कोरोना जिते

नेपालगन्ज : बाँकेमा आज ४२ जना कोरोना जितेर घर फर्कदै छन । कोरोना संक्रमण पुष्टि भएको दिन देखि १४ दिन पुरा आइसोलेसनमा बसेकाहरु आज घर फर्कन लागेका हुन ।

बाँकेका पत्रकार दामोदर भण्डारी सहित ४२ जना आज कोरोनालाई जितेर घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका कोभिड १९ फोकल पर्सन नरेश बाबु श्रेष्ठले जानकारी दिए । आज डिस्चार्ज हुनेहरुमा १८ जना महिला र २४ जना पुरुष रहेका छन ।

आज २ वर्ष देखि ६० वर्ष उमेरका संक्रमितहरुले कोरोना जितेर घर फर्कन लागेका हुन । हाल सम्म बाँकेमा १४६९ संक्रमित मध्ये १०७८ जना डिस्चार्ज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आज घर फर्कनेहरु ७ दिन थप होम आइसोलेसनमा बस्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

हाल आइसोलेसनमा ३८३ जना रहेका छन । बाँकेमा कोभिड १९ देखिएर मृत्यु भएको ८ पुगेको छ ।

 

प्रतिक्रिया