वडाको विकास : पानि पर्दा घरभित्र ताल


नेपालगन्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं–७ मा विकासले गति लिन नसकेको स्थानियले गुनासो गरेका छन ।

स्थानिय सरकार भएपछि विकासले गति लेला भन्ठानेका स्थानियहरु अहिले विकासको अभावका रुपमा रहेको स्थानियहरु बताउदै आएका छन । अन्यवडाहरुको विकास र वडा नम्बर ७ को विकासमा धेरै नै फरक भएकाले जनप्रतिनिधिले वडालाई माथि उठाउन चासो नदिएको पनि गुनासो स्थानियको छ ।

हिजो आज पनि वडाका विभिन्न टोलहरुमा पानि जमेर घरमै पस्ने गरेको छ । वडाका स्थानियहरुका अनुसार वडाध्यक्ष जुम्मन खाँले ९० प्रतिशत बिकासका गतिबिधि वडामा संचालन गरेको दावी गरेपनि उक्त दावि झुठो भएको स्वयम स्थानिय बताउछन् ।

स्थानीय भन्छन्, वडाअध्यक्षले गरेको दावी झुठो छ । एकछिन पनि पानी पर्दा प्राय घरमा पानी पस्छ । सडकहरुपनि कमजोर छन । उचित फोहोर व्यवस्थापन नहुदाँ वडा प्रदुषित हुदै आएको छ ।’
हिजो बाट परेको पानि वडाका धेरै स्थानियको घरमा पसेको छ । घरका सदस्यहरुले पानी फालिरहेका थिए । त्यस्तै बिभिन्न टोलहरु जलमग्न बनेको छ । पानिको उचित निकास नहुँदा यस्तो समस्या भएको हो ।

वडाध्यक्ष खाँलाई पटक पटक सुधारका लागी आग्रह गर्दापनि सुनुवाई नभएको गुनासो स्थानियको छ । वडाको विकासका लागी वडाका स्थानियहरुसगं छलफल नै नगरि आफुखुसी काम गर्ने भएका कारण हुने विकास पनि हुन नसकेको एक स्थानियले बताए ।

 

प्रतिक्रिया