लकडाउन अवधिको कर मिनाहा गर्न माग

कोरोना महामारीका कारण व्यापार व्यवसाय धरासायी भएको भन्दै यस अवधिको कर खारेज गर्नुपर्ने  लगायतका माग राखी व्यापारीहरुले राजधानीमा बिरोध प्रदर्शन गरेका छन् ।

व्यवसायमा लगानी गरेको ऋणको व्याज बढ्दै जाँदा सरकारले कुनै सहुलियत नदिएको भन्दै कोटेश्वरका व्यपारीहरुले शान्तिपूर्ण विरोध गरेका हुन् । उनीहरुले लडाउनको अवधीको भाडा मिनाहा गर्नुपर्ने, लकडाउन र निषेधाज्ञा अवधिको कर खारेज गर्नुपर्ने , बैंकको व्याज मिनाहा गर्नुपर्ने लगायतका माग राख्दै प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ब्यापारीहरुले बैज्ञानिक घरभाडादर लागू गर्न पनि सरकारलाई सुझाव दिएका छन् । अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण बनाउन र यस अवधिमा देखिएका समस्या समाधानका निम्ती ध्यानाकर्षण गराउन शान्तिपूर्ण प्रदर्शन गरिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघका सदस्य नीलप्रसाद घिमिरेले जानकारी दिए ।

उनीहरुले हरेक दिन कार्यालय समयमा शान्तिपूर्ण प्रर्दशन गर्ने र आफूहरुको मागका बारेमा कुनै सुनुवाई नभए कडा आन्दोलन गर्ने चेतावनी पनि दिएका छन्  । 

 

प्रतिक्रिया