कात्तिकदेखि पर्यटकहरु नेपाल आउन पाउने

सरकारले नेपाल भ्रमणमा आउन चाहने बिदेशी पर्यटकहरुका लागि आगामी कात्तिक १ गतेबाट यात्रा अनुमति प्रदान गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले हीमाल आरोहण र पदयात्राका लागि नेपाल आउने बिदेशी पर्यटकलाई कार्तिक १ देखि यात्रा अनुमति दिने निर्णय गरेको हो ।

यसरी नेपाल आउन चाहने बिदेशी पर्यटकहरुले नेपाल आउनुअघि बढीमा ७२ घण्टाभित्रको आरटी पीसीआर नेगेटिभ रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसका लागि आवश्यक भीसा लगायतका अनय प्रवन्धहरु ती देशस्थित नेपाली दूतावास एवं कुटनैतिक नियोगहरुले गर्ने सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

नेपाल आउने क्रममा उनीहरुले स्वास्थ्य सुरक्षाका सबै मादण्ड पूरा गर्नुपर्नेछ । यसै गरी पर्यटन क्षेत्रसंग सम्बद्ध होटल,ट्रेकिङ, ट्राभल एजेन्सीलगायतका अन्य पर्यटन व्यवशाय असोज १ गतेदेखि खोल्न पाइने छ ।

सरकारले स्वास्थ्य मन्त्रालयले तोकेका मादण्ड पूरा गरी पर्यटन ब्यवशाय संचालन गर्न दिने निर्णय गरेको हो । उनीहरुले मापदण्ड पालना गरे नगरेको अनुगमन भने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

 

प्रतिक्रिया