बाँकेमा जारी दुई दिने निषेधाज्ञा हट्यो

नेपालगन्ज : बाँकेमा हप्ताको दुई दिन लगाइएको निषेधाज्ञा हटाइएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले केहि हस्ता अघि देखि शुक्रबार र शनिबार दुई दिन निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा हटाइएपछि हस्ताको सातै दिन बजार व्यवसाय सन्चालनमा आउने भएका हुन ।

निषेधाज्ञा हटाइएपनि कोरोना भाइरस बाट जोगिन शुरक्षाका उपायहरु अपनाउन प्रशासनले आग्रह गरेको छ । बाँकेमा अहिले कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्दै गएको छ । संक्रमण बढेपनि जनताको चाहना अनुरुप निषेधाज्ञा हटाइएको भन्दै उक्त निर्णय प्रति स्थानियले प्रशन्सा गरेका छन ।

लामो समयदेखि भैरहेको लकडाउन र निषेधाज्ञाका कारण जनजिवन ध्वस्त जस्तै भैसकेको छ ।

 

प्रतिक्रिया