नेपालगन्ज : बाँकेमा कोरोना संक्रमण भएकाहरुलाई होम आइसोलेसनमा बस्न दिइने भएको छ ।
बुधबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले जिल्लामा होम आइसोलेसनको व्यवस्था सहित निषेधाज्ञा हटाउन जिल्ला प्रशासनलाई सिफारिस गरेको हो । अहिलेसम्म धेरै जिल्लामा होम आइसोलेसन कार्यान्वयनमा आइसकेपनि बाँकेमा लागु हुन सकेको थिएन ।
अवस्था हेरेर अब संक्रमित आफ्नै घरमा निश्चित मापदण्ड पालना गरेर बस्न सक्नेछ । त्यसको अनुगमन सरकारी संयन्त्रले गर्ने बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलको अध्यक्षतामा बसेको बैठकमा निषेधाज्ञा हटाइरहँदा मापदण्ड पालनामा थप कडाइ गर्ने र त्यसको अनुगमन गर्ने निर्णय पनि गरेको छ ।
बाँकेमा प्रत्येक साता शुक्रवार र शनिवार लगाइदै आएको निषेधाज्ञा पनि हटाइएको छ । (हेर्नुस् निर्णय)












