आधा यात्रु राखेर आन्तरीक उडान गर्न नसकिने वायुसेवा प्रदायकको भनाई

plan

नीजि क्षेत्रका बायुसेवा संचालकहरुले आधा मात्र यात्रु राखेर आन्तरीक उडान संचालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने बताएका छन् ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा  वायुसेवा सञ्चालकहरुले ५० प्रतिशत मात्र यात्रु राखेर उडान गर्नुपर्ने सरकारको निर्णयमा अब्यवहारिक भएको प्रतिक्रिया दिएका हुन् । सहमति जनाएका छन् ।  

मन्त्रालयले आधा यात्रु राखेर यसअघि तोकिएको सबैभन्दा माथिल्लो भाडादरमा उडान संचालन गर्न प्रस्ताव गरेपनि उनीहरुले त्यो सम्भव नभएको बताए । महामारीका कारण घरभित्रै थुनिएर बसेका यात्रुले मँहगो भाडा तिरेर यात्रा गर्न नसक्ने उनीहरुको तर्क छ ।

त्यस्तै सरकारले मंगलबार सार्वजनिक गरेको निर्णयका आधारमा बिहीबार नै उडान शुरु गर्न नसकिने पनि उनीहरुको भनाइ छ । लामो समयदेखि बन्द रहेका आन्तरीक उडान शुरु गर्नुपूर्व थुप्रै तयारीका काम गर्नुपर्ने ब्यवशायीहरुले बताए ।

यात्रुको संख्यामा सहमति भए ५ असोजबाट भने जहाज उडाउन व्यवसायी तयार देखिएका छन् । सरकारले कहिले असोज १ र कहिले असोज ५ बाट भनेर आफूहरुलाई अलमलमा पारेको वायुसेवा प्रदायकहरुको गुनासो छ । 

प्रतिक्रिया