नेपालगन्ज : यो वर्ष किसानले लगाएको धानले उत्पादन धेरै दिने संकेत देखिएपनि केहिलाई भने धान ढलेर समस्यामा पारिदिएको छ ।
रासायनिक मल नहालेपनि बेलैमा पानि परिहेकाले धानको बोट हर्लकै बढ्दा सामान्य हावाले पनि धानलाई ढलाउन थालेको देखिएका छन । धान पसाउदै गर्दा सामान्य हावा चल्दा पनि ढल्न थाल्दा किसान चिन्तत बनेका हुन ।
बाँके खजुराका किसान दाताराम पौढेलले यो बर्ष राम्रो उत्पादन हुने आशा लागेको भएपनि धान पुरै नपसाउदै ढल्न थालेपनि नाफा भन्दा नोक्सानी धेरै हुने दुखेसो पोखे । किसान पौडेलले खेतमा पानि रहिरहेका कारण ढलेको धान कुहिने भएकाले फलेको पनि काम नलाग्ने बताए ।
किसान पौडेलको जस्तै धान ढल्ने धेरै किसानहरुको समस्या बनिदिएको छ ।










