तिलक गाहा मगर, नेपालगन्ज : स्मार्ट कृषि कार्यक्रम प्रदेश नम्बर ५ को एक नमुना कार्यक्रम हो । स्मार्ट कृषि कार्यक्रम हरेक स्थानिय तहमा एक वटा संचालन भैरहेका छन ।
यसमा कुनै स्थानिय तहमा कृषि सम्बन्धि कार्यक्रम सन्चालन भएका छन भने कुनैमा पशु पालन सम्बन्धि स्मार्ट कार्यक्रम सन्चालन गरेको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेले आर्थिक वर्ष २०७६÷०७७ मा बाँके र बर्दियामा गरि ६ वटा स्मार्ट कृषि गाउँ सन्चालन गरेको थियो ।
जसमा बाँके जिल्लामा ३ वटा र बर्दियामा ३ वटा स्थानिय तहमै कार्यक्रम सन्चालन गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारीले जानकारी दिनुभयो । जस अन्तरर्गत बाँकेको डुडुवा गाउँपालिकामा धान, गहुँ र गाईभैसी कार्यक्रम, नरैनापुर गाउँपालिकामा बाख्रा स्मार्ट कार्यक्रम र जानकी गाउँपालिकामा बाख्रा स्मार्ट कार्यक्रम सन्चालन भएका छन ।
भने, बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा बाख्रा स्मार्ट कार्यक्रम, ठाकुर बाबा नगरपालिकामा बाख्रा स्मार्ट कार्यक्रम र मधुवन नगरपालिकामा गाईभैसी स्मार्ट कार्यक्रम सन्चालन गरिएका विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो । लकडाउन बाबजुत पनि स्मार्ट कृषि कार्यक्रमलाई भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले अगाडी बढाउन सफल बनेको कार्यालयले जनाएको छ ।
पहिलेका सामान्य गाउँ स्मार्ट कृषि गाउँमा समावेस भइसकेपछि किसानहरुको आयस्तर बढ्नुका साथै कृषि तथा पशु बस्तुको उत्पादन बढ्दै गएको छ । यसले प्रदेश नम्बर ५ लाई आत्मनिर्भर हुन टेवा पु¥याइरहेको विज्ञ केन्द्रका प्रमुख अधिकारीले बताउनुभयो ।










