नेपालगंज : कोरोना कहरका कारण सरकारले ६ महिनाअघि विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनसँगै बन्द भएका लामो दुरी तथा अन्तरजिल्ला सञ्चालन हुने सार्वजनिक सवारी साधन (आज) बिहीबारदेखि खुलेका छन् ।
कोरोना कहर उस्तै छ , कोरोनाको संक्रमण तुलनात्मक रुपमा अहिले बढी छ तर पनि आर्थिक र व्यापारिक हिसाबले व्यवसायी तथा जनताको जनजिबन धरासायी बन्दै गएको भन्दै आज देखि सार्वजनिक सवारिसाधन चलाउन सरकारले अनुमति दिएको हो |
सार्वजनिक यातायात व्यवसायी तथा मजदुरहरु रोगले भन्दा पनि भिकले मर्ने अवस्था सृजना भयो भन्दै सराकार्ले यातायात संचालनको लागि तदारुकताका नदेखाए १ गते देखि आफुहरुले सवारिसाधन चलाउने भन्दै सरकारको बिरोध गर्दै आएका थिए |
यता बाँकेमा समेत बिहानै देखि करिब ६ महिना थन्किएको सवारिसाधन बिस्वकर्माको पुजा गरेर संचालनमा आएको छ |
बाँकेमा रिक्सा जस्ता सवारिसाधन पहिले देखि नै चल्दै आए पनि बस तथा माइक्रो जस्ता साना तथा ठुला सवारिसाधन थन्किएका थिए |











