नेपालगन्ज : बाँकेमा रेहको कृषि ज्ञान केन्द्रले विभिन्न शिर्षकमा अनुदान दिन प्रताव आह्वान गरेको छ ।
आज विहिबार एक सुचना जारी गर्दे ज्ञान केन्द्रले व्यवसायिक रुपमा कृषिको काम गरिरहेका कृषक समुह तथा सहकारीका लागी अनुदानका कार्यक्रम ल्याएको हो । ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार च्याउ ग्राम स्थापनाका लागी लागतको ५० प्रतिशत २५ लाख सम्म अनुदान दिने भएको छ ।
त्यस्तै, रैथाने बालिहरुको प्रवद्धन तथा बजारीकरणका लागि कुल लागतको ५० प्रतिशत १ लाख सम्म, बबर खेति प्रवद्धनका लागि एउटा अनुदानग्राही लाइ बढीमा १ लाख वा कुल लागतको ५० प्रतिशत, मौरी चरन क्षेत्र विस्तारका लागि प्रति विरुवा रु १ सय वा परेको मुल्यको ५० प्रतिशत मध्य कम हुन आउने र मौसमी बालीको हकमा विउको मुल्यमा ५० प्रतिशत रकम र फलफुल नर्सरी सुदृढिकरणका लागि कुल लागतमा ५० प्रतिशत वा प्रति हेक्टर अधिकतम ३ लाख मध्य कम हुन आउने रकम अनुदान दिइने भएको हो ।
ज्ञान केन्द्रले सुचना जारी गर्दै र्फम, कम्पनी, कृषक समुह तथा कृषि सहकारिलाइ समयमै आवेदन दिएर लाभ उठाउन अनुरोध गरेको छ । विस्तृत जानकारीका लागि सुचना तल दिइएको छ ।










